नेपालको जेठो पत्रिका आवाज

एभरेष्ट न्यूज

१३ भदौ, काडमाण्डौँ । ओखलढुङ्गाको पत्रकारिता र वर्तमान अबस्था विषयक विमर्श कार्यक्रम ओखलढुङ्गा पत्रकार समाजको प्रथम साधारण सभाकोे साथ सम्पन्न भएको छ ।

गत २०८१ साल पौष २९ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यलयमा विधिगत रुपमा दर्ता भइ सञ्चालनमा रहेको ओखलढुङ्गा पत्रकार समाजको प्रथम साधारण सभा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको प्रमृख अतिथ्यमा काठमाण्डौँ तिलगंगा स्थित पत्रकार महासंघको सभाहलमा जिल्लाको पत्रकारहरूको बाक्लो उपस्थितिको साथ सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति बरिष्ठ पत्रकार पुरुषउत्तम दाहालले वर्तमान पत्रकारिता विशुद्ध पत्रकारिता भन्दा पनि शक्ति प्रर्दशनको रुपमा प्रयोग भएको बताउनु भयो ।

कार्यक्रममा पे्रस काउन्सिलको पूर्वअध्यक्ष राजेन्द्र दाहालले ओखलढुङ्गा पत्रकार समाजको स्थापना सही समयमा भएको भन्दै शुभकामना तथा आभार व्यक्त गर्नु भयो ।

यसैगरि नेपाल पत्रकार महासंघको निवर्तमान उपाध्यक्ष बाला अधिकारीले ओखलढुङ्गा पत्रकार समाज विभिन्न राजनीतिक दलमा अबद्ध सञ्चाकर्मीहरूको बिचपनि विशुद्ध पत्रकारिता पेशा र व्यवसायलाई टेवा पुराउने हेतुले गठन गरिएको संस्था भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाको अध्यक्ष तथा प्राज्ञ चेतनाथ धमलाले ओखलढुङ्गाको पत्रकारिता र साहित्य इतिहास २०५ वर्षको रहेको र सो दस्वेजलाई आम सञ्चारको माध्यमबाट स्थापित गराउने तथा ओखलढुङ्गामा जन्मिएपछि जन्मथलोको लागि सामुहिक रुपमा केही गरौँ भन्ने उदेश्यको साथ यो संस्था गठन गरिएको बताउनु भयो ।

कार्यक्रममा ओखलढुङ्गाको पत्रकारिता र वर्तमान अबस्था विषयक विमर्श कार्यक्रमको साथ आयोजना भएको कार्यक्रममा पत्रकार नारादमुनि गौतमले कार्यपत्र प्रस्तुत रहेको थियो ।

कार्यपत्र प्रस्तृतिको क्रममा पत्रकार गौतमले ओखलढुङ्गामा पत्रकारिताको शुरुवत कुनै संयोग नभइ राजनीतिक परिवर्तन र चेतना विकासको उपज हो भन्दै ओखलढुङ्गाको सर्जकको नेपाली साहित्यिक सृजनामा जति योगदान छ, उतिकै मात्रमा पत्रकारिता क्षेत्रमा पनि रहेको पत्रकार गौतमले औल्याउनु भयो ।

प्रस्तुतिको क्रममा पत्रकार गौतमले नेपालको जेठो पत्रिका गोरखा पत्र भनिएपनि २००७ साल फाल्गुन ०८ गते सिद्धिचरण श्रेष्ठको सम्पादन तथा प्रकाशनमा प्रकाशित भएकोे आवाज नामक पत्रिका नेपालको पहिलो राष्ट्रिय दैनिक भएको बताउनु भयो ।

कार्यक्रममा उपस्थित पत्रकाररूले आआफ्नो धारण व्यक्त गरेको थिए ।

विस्तृत समाचार

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*