ब्याकुल माइलाको राष्ट्रगानदेखि ह्वाटस्एप चोरी

एभरेष्ट न्यूज

१७ भदौ, काठमाण्डौँ । प्रविधिको विकाससंगै यसमा आउने जोखिम र चुनौति पनि उत्तिकै बढेको छ । अधिकांश व्यक्तिको एकाउन्ट (सामाजिक सञ्जाल खाता) ह्याक गर्ने र सोही खाताको मध्यमबाट सो खातामा जोडिएकाहरू व्यक्तिहरूलाई विभिन्न बहानामा रकम माग गरि ठगि गर्ने समाचार दिनानु बग्रेल्ती छ ।

नेपाल प्रहरीको साइबर ब्युरोबाट पटक-पटक यसबारे नागरिकलाई सचेत गराउने जानकारीमूलक समाग्री तथा सूचनाहरू जारि गरिरहे पनि कतिपय अबस्थामा नागरिकको असावधानिको कारणले भने कतिपय अबस्थामा ह्याकरले नै निशानामा पारेरको व्यक्तिहरूको खाता आफ्नो बहुचमा पारेर ठगी गरेको जानकारहरू बताउनु हुन्छ ।

यसै सन्दर्भमा राष्ट्रगानको सर्जक व्याकुल माइलालाई ह्वाट्एपस् नम्बर अपरिचित ब्यक्तिले काबुलमा लिएर सर्जक माइलाको एकान्टबाट केही आफन्तजनको ह्वाट्सएप्समा रकम मागेकोबारे सचेत गराउदै सर्जक माइलाले सावधानी रहन अनुरोध गर्नु भएको छ ।

सर्जक माइलाले ह्वाटस्रएप्स नम्बर मार्फत कोड मागिएको र कोही चिनजानकै आफन्त होला भनि आफ्नो ह्वाट्स एपमा प्राप्त भएको कोड उपलब्ध गराउदा ह्वाट्सएपस् ह््याक भएको भन्दै दुःख व्यक्त गर्नु भएको छ ।

मानसिक रोगी भनिएको उदयपुर बेलटारको मिलन राईले आफु ब्याकुल माइला हो भनि पुस्तक छाप्नेदेखि विभिन्न संघ, स्थानीय निकायहरूमा रकम असुल्नुको साथै प्रहरी प्रशासनमा उजुरी दिएर हैरानी पारिरहेको अबस्थामा यसरी ह्वाटस नम्बर नै ह््याक गरि आफन्तजनसंग रकम असुल्न खोज्नु थप पिडादायी भएको सर्जक माइलाले बताउनु भयो ।

सर्जक माइलाले कानुनी कारबाहीको लागि साइबर ब्यूरो केन्द्रीय कार्यालय भोटाहिटीमा उजुरी समेत गरिसकेको बताउनु भयो ।

About Everest News 890 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*