एभरेष्ट न्यूज टेलिभिजन
१७ जेठ, काठमाण्डौँ । न्याय खोसिएको जनताको पक्षमा नामक बहस कार्याक्रम सञ्चालन भएको छ ।
सिमा विहीन भनेर विश्वाव्यापी मान्यता रहेको आदिवासी समुदायलाई उपनिवेशवादी राज्य व्यवस्थाले भूमि विहीन र अधिकार विहिन पारेको भन्दै आदिवासी समुदायको हक र अधिकारलाई स्थापित गर्ने उदेश्यले आदिवासी सम्बन्धी विगत २ दशक भन्दा लामो समयदेखि निरन्तर आदिवासी समुदाय माथि राज्यले गरेको विभेद र अन्यायको विरुद्ध वकलत गर्दै आउनु भएको अधिवक्ता शंकर लिम्बुले सामाजिक सञ्जालमा भर्चुवल माध्यमबाट आदिवासी समुदायको कानुनी विषयमा “न्याय खोसिएको जनताको पक्षमा” छलफल तथा बहस सञ्चालन गर्नु भएको छ ।
अक्तिवक्त लिम्बुले १ घण्टा आफुले समसामुयिक विषय र समस्याको बारेमा कानुनी पक्ष, अन्तराष्ट्रिय अभ्यास र मान्यताको आधारमा आफ्नो भनाई प्रस्तुत गर्ने र बाँकी समय जिज्ञासुहरूको जवाफ दिने बनाउनु भयो ।
कार्यक्रम हरेक शनिबार साझा ६ः००बजे देखि ७ः०० बजेसम्म सञ्चालन हुने अधिवक्ता लिम्बुले बताउनु भयो । कार्यक्रम सञ्चालनको लागि प्राविधिक रुपमा आयुष चौधरीले सहयोग गर्नु भएको छ ।
गत जेठ १० गते शनिबार साझा ६ः०० बजेबाट शुरु भएको कार्यक्रम हरेक शनिबार साँझ ६ः०० बजेबाट नियमित रुपमा सञ्चालन हुने अधिवक्ता लिम्बुले बताउनु भयो ।
अधिबक्ता लिम्बुले मार्टिन लुथरकिङ जुनियरको वाक्यांश “कुनै ठाउमा अन्याय भएको भए त्यसले सबैको न्याय मार्दै जान्छ”
प्रस्तृत गर्दै न्याय सिद्धान्तकोे व्यख्या गर्नु भएको थियो ।
“अन्याय सहनु भनेको न्यायलाई मार्नु हो । त्यसकारण अन्यायको विरुद्ध लड्न जुटौँ ” अधिवक्ता लिम्बुले थप प्रष्ट पार्नु भयो ।
अधिवक्ता लिम्बु आज भन्दा २६ वर्ष पहिले अर्थात (२०५६) सालदेखि नै आदिवासीको अधिकारको पक्षमा वकालत गर्दै आउनु भएको स्मरण गराउनु भयो ।
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह (लाहुरनिप)को उपाध्यक्ष लिम्बु आदिवासी अधिकारको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै ख्यातिप्राप्त वकिल हुन ।
अधिवक्ता लिम्बु नेपाल मात्रै नभइ अन्तराष्ट्रिय महासन्धि तथा कानुनहरूको छलफल तथा बहसमा समेत उनको वकालत प्रभावकारी मानिन्छ ।
नि:शुल्क सञ्चालन गरिएको यस छलफल तथा बहस कार्यक्रमले आदिवासी, दलित, मधेशी, महिला, खस तथा पिछाडिएको जाति, वर्ग लगायतको समुदायलाई लाभ हुने बताउनु भयो ।
यो कार्यक्रम कुनै जाति वर्ग वा व्यक्तिलाई असर पुग्ने वा कसैको विरुद्ध नभइ समानता र समतामूलक समाजको निर्माणको लागि अन्यायको विरुद्ध लड्न तथा वेथिति र भ्रष्टलाई चिर्दै न्याय, निष्ठा र प्रतिष्ठा कायमको लागि नि:शुल्क रुपमा कानुनी बहसको श्रृंखला शुरुवात गरिएको अधिवक्ता लिम्बुले बताउनु भयो ।
गत शनिबारको बहस लिंक:
https://www.facebook.com/shankar.limbu.505/videos/1093278829292725
Leave a Reply