पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

भाद्र २६, काठमाण्डौँ ।

पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातको कारण निधन भएको छ । गए राति अचानक हृदतघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्बाङको उपचारको क्रममा राति १ः ३० बजे निधन भएकको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताउनु भयो ।

नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका छन् ।

नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं। १ का सांसद् महेश बस्नेतले अनलाइनखबरलाई बताए ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*