प्रज्ञा–प्रतिष्ठानमा सञ्चारमन्त्रीले मागे आदिबासी मन्त्रालय

एभरेष्ट न्यूज

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने बताउनु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित गुरुङ भाषाको तमु कए पत्रिकाको सार्वजानिक समारोह कार्यक्रम

नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित गुरुङ भाषाको तमु कए पत्रिकाको सार्वजानिक समारोह कार्यक्रमको प्रमुख अतिथि मन्त्री गुरुङले उक्त कुरा बताउनु भएको हो ।

आदिवासी समुदायलाई सतही रुपले समान्य आंकलन गरिएपनि उनीरूको भुगोल, भाषा, संस्कृति र पहिचानमा अत्याधिक विविधता रहेको कारण आदिवासीहरूको उत्थान र संरक्षण चाहने हो भने उनीहरूको लागि छुट्टै मन्त्रालय र विश्व विद्यालयको स्थापना गर्नुपर्ने माग सशक्त रुपमा सरकारसंग उठाइरहेको मन्त्री गुरुङले बताउनु भयो ।

गुरुङ भाषा र संस्कृतिको जगेर्नाको लागि आफु लगायत काठमाण्डौँ उपत्याकामा रहेका गुरुङहरूले २०३३ सालमा नै तमु धिको स्थापना गरि सकृयापूर्वक लागेपनि पछिल्लो दिनमा तमु भाषीहरू झन घट्दै जानु चिन्ताजनक अबस्था रहेको भन्दै अब गुरुङहरूले घरघरबाट नै अपरिहार्य मातृभाषी अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

मन्त्री गुरुङले आफु संस्कृति मन्त्री हुँदाको बखत बेलायत भ्रमणको क्रममा एक शेर्पा परिवारमा ३ पुस्तामा तिनवटा भाषा भएको उदाहरण प्रस्तुत गर्दै पछिल्लो पुस्ताले मातृभाषालाई नजरअन्दाज गर्ने क्रम तिब्र रुपले बढेकोले मातृभाषाको अबस्था दर्दानक भएकोे समेत बताउनु भयो ।

उपाध्यक्ष रेशम गुरुङ, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान

कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानले कुलपति भुपाल राई पाएपछि मात्रै मातृभाषीहरूले न्याय पाएको भन्दै आभार व्यक्त गर्नु भयो ।

उपाध्यक्ष गुरुङले नेपालमा पिछाडिएका जाति वर्ग, समुदाय सबैलाई यो देश हाम्रो हो र शासन सत्तामा हाम्रो समुदायको पहुच नभएपनि हाम्रो भावना बुझ्ने व्यक्तित्वहरूछन भनि अपनत्व गराउने काम कुलपति राईको नेतृत्वको प्राज्ञहरू सफल भएको र संविधानको मुल मर्म अनुरुप काम भएको समेत बताउनु भयो ।

कुलपति भुपाल राई, नेपाल प्रज्ञा-प्रतिष्ठान

प्रज्ञा प्रतिष्ठानको कुलपति राईले आफ्नो नियुक्ति लगत्तै ‘‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’’ भन्ने मुल नाराको साथ प्रतिष्ठान अगाडि बढेकोले यसले सबै मातृभाषाको खोज अनुसन्धान र उत्थानमा समतामूलक तबरले सबै मातृभाषीलाई अपनत्वको अनुभूति गराउनेगरि खस नेपाली भाषा लगायत सबै मातृभाषाहरूको काम तिब्र रुपमा अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा कुलपति राईले पहिलेको अनुपातमा सरकारले धेरै न्यून बजेट छुट्टाएपनि उल्लेखनीय कार्य गर्न सफल भएको भन्दै नेतृत्वदायी भूमिका पुग्ने व्यक्तित्वले उच्च नैतिकता र इमानदारिता देखाए देश समृद्धितर्फ उन्मुक्त भई युवा पलायनलाई समेत तत्कालै रोक्न सकिने बताउनु भयो ।

कुलपति राईले भाषा र संस्कृतिको पहिचानको मुल आधार मातृभाषा भएको र भाषाको संरक्षण अभियानले भन्दापनि बोलेर मात्रै मातृभाषा जिवित हुने बताउनु भयो ।

कुलपति राईले जातिको स्थापना हुन मुख्यगरि सांस्कृतिक र बैचारिक पक्ष महत्वपूर्ण रहेको र आदिवासी समुदायमा सास्कृतिक पक्ष बलियो भएपनि बैचारिक पक्ष कमजोर रहेकोले प्रतिष्ठानले भाषिक अर्थात प्राज्ञिक बहस र पैरवीको कदम प्रारम्भ गरिसकेको बताउनु भयो

पिछाडिएको जाति, वर्ग, समुदाय सबैलाई समेटेर समाबेशीमूलक प्रतिष्ठान बनाउन र सबै भाषीहरूलाई अपनत्वको बोध गराउने अभियान कार्यक्रमको सञ्चालनको क्रममा केही दिन अगाडि ३ जना महिलाहरू धरधरी रुँदै आफ्नो पिडा सुनाएको बखत कार्यक्रममा उपस्थित सबैजना स्तब्ध भएको क्षणको समेत स्मरण गर्दै विगतको भन्दा आफ्नो नेतृत्वमा आएका पदाधिकारीहरू प्रज्ञालाई सबैको साझा र ज्ञानको थलोको रुपमा विकास गर्न हरदम प्रयासरत रहेको बताउनु भयो ।

मातृभाषा विभाग प्रमुख राजन मुकारुङ, नेपाल प्रज्ञा-प्रतिष्ठान

कार्यक्रममा मातृभाषा विभाग प्रमुख प्रज्ञा राजन मुकारुङले प्रतिष्ठान सबै जाति वर्ग र भाषिक समुदायको साझा थलो भएपनि ६७ वर्षको इतिहासमा खास गरि खस नेपाली तथा मातृभाषामा लिम्बु, नेवारी, मैथिली र भोजपुरी गरि ४ भाषाको मात्रै पत्रिका प्रकाशित हुनुले हामी भन्दा अग्रज कुलपति तथा प्रज्ञाहरूले नेपालको सबै मातृभाषा समान हुन भन्ने चेतना र ज्ञान राखेको भए आज मातृभाषाको स्थिति यस्तो नाजुक नहुने बताउनु भयो ।

स्वगत मन्तव्यको क्रममा प्रज्ञा मुकारुङले मन्त्री गुरुङलाई सम्बोधनगर्दै बिगतको भन्दा न्यून बजेटले पनि अतिद्धिय काम गरेर प्रतिष्ठानले छलाङ्ग मारेको र अझ अथाह प्राज्ञिक कार्यहरू गर्नुपर्ने तर बजेट विगतको भन्दा बढ्नुपर्नेमा घढ्दो क्रममा रहेकोले सरकारले प्राज्ञिक क्षेत्रको कार्य र भूमिकालाई उपेक्षा गरेको दुखेसो समेत व्यक्त गर्नु भयो ।

प्रज्ञा मुकारङले २०५६/०५७ ताकाबाट नै नेपाल पज्ञा–प्रतिष्ठान कहिलेदेखि सबै मातृभाषीहरूकोे साझा थलो बन्छ भनि बारम्बार तत्कालिन कुलपतिहरूलाई प्रश्न गर्ने व्यक्ति आफु रहेको समेत बताउनु भयो ।

प्रज्ञा मुकारुङले भावुक हुँदै आग्रह गर्नु भएको कि ‘हामी सबैले सधै प्रयत्न गरौँ विश्वमा हरेक २ हप्तामा एउटा भाषा मर्ने क्रम जारिरहँदा हालसम्म जिवित रहेको हाम्रो भाषा कहिल्यै नपरोस’ ।

अनिता गुरुङ, कार्यकारी सम्पादक ‘तमु कए’ पत्रिका

कार्यक्रममा ‘तमु कए’ पत्रिकाको कार्यकारी सम्पादक अनिता गुरुङले नेपाल प्रज्ञाप्रतिष्ठिानले यो देशमा गुरुङ मातृभाषीहरू पनि छन भन्ने बोध गरेर हामीलाई ‘प्रतिष्ठान हाम्रो पनि हो’ भन्ने अपनत्व धेरै वर्षपछि मात्रै गराएकोमा कुलपति भुपाल राई, मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङ लगायत सबैलाई धन्यबाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा गुरुङ समुदाय लगायत विभिन्न मातृभाषीविद्, साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

भिडियो समाचार लिंक:

About Everest News 890 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*