एभरेष्ट टेलिभिजन नेटवर्क
चैत्र ३१, काठमाण्डौँ । नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।
खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।
१५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको छ । महाधिवेसन गत चैत २९ गतेदेखि शुरु भएको हो ।
Leave a Reply