सत्तारुढ दलबाटै गृहमन्त्रीको राजिनामा माग

१० जेठ, काठमाण्डौँ । भिजिट भिसा प्रकरणमा अध्यागन विभागको प्रमुख तिर्थ भट्टराईलाई अख्तियार आयोगले नियन्त्रणमा लिएर बयान लिने क्रममा मन्त्रालयलाई दैनिक ५० हजार बुझाउनुपर्छ भन्ने बयान दिएपछि उपप्रधान तथा गृहमन्त्री रमेश लेखकको चर्को विरोध भएको छ ।
यसैक्रममा रास्वपाका संसद तथा पूर्व राज्यमन्त्री डा. तोशिमा कार्कीले पनि राजिनामाको माग गरेकी छिन ।
उनले समाजिक सञ्जालमा

”जनताको प्रतिनिधि हुँ। आमसमुदायको प्रश्न मुखारित गर्दैछु: भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन — यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिण्डिकेटको रुपमा प्रमाण र तथ्यहरू सन्चारमाध्यममा छताछुल्ल हुँदैछन् ।
– अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ,
– तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ,
– र त्यो पैसा सिधा गृहमन्त्रालय हुँदै मन्त्रीको सचिवालय पुग्छ।
जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने यो भन्दा ठूलो अपराधको अर्को नमुना कुन चाहिन्छ ?
र यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषद्‌बाटै यो अपराधलाई अनुमोदन गर्नु हो।
अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखि गृहमन्त्रीलाई तुरन्त बर्खास्त गरी सत्य तथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारवाही अघि बढाउन माग गर्दछु।
यदि प्रधानमन्त्री सहित सत्तारुड दुई दल मौन रहनछन् भने, यो स्वयम् सरकारको, संसदको, संविधानको र जनताको अपमान मात्र होइन यो संगठित अपराध हो ।” स्टाटस शेयर गर्दै गृहमन्त्रीले यथाशिघ्र राजिनामा दिएर अनुसन्धानलाई सहज बनाउनुपर्ने बताइन ।
यसैगरि नेपाली कांग्रेसको नेता शेखर कोइरालाले समेत गृहमन्त्रीले नैतिक रुपमा तत्कालै राजिनामा दिनुपर्ने बताउनु भयो ।
गृहमन्त्री भिजिट भिसामा मुछिएको समाचार बाहिरिएपछि चौतर्फी विरोधको साथै नागरिकद्धारा प्रदर्शन समेत भएको छ ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*