युवालाई कुटपिट गर्ने प्रहरी निलम्बनमा

एभरेष्ट संवाददाता । माघ ७, काठमाण्डौँ ।

प्रहरीले एक युवामाथि रातको समयमा निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय चितवानले ५ सदस्यीय छानबिन समिति गठन गरि सत्य, तथ्य जाँचबुझ गरि पदीय मर्यादा र आचरण विपरित क्रियाकलप गर्ने प्रहरीलाई विभागीय कारबाही गर्ने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

समितिको जाँजबुझको क्रममा युवालई कुटपिट गर्ने प्रहरी चितवनको भरतपुर(११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक बुद्धि बहादुर घर्ती भुजेल रहेको र उनलाई निलम्बनगरि कारबाहीको प्रकृया अगाडि बढाईको विज्ञाप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति मोटरसाइकलमा ध्वनि प्रदूषण गर्दै आएका केही युवाहरूलाई नियन्त्रणमा लिने क्रममा घलानले युवकमाथि कुुटपिट गरेको पुष्टि भएको हो।

युवकहरूले मादक पदार्थ सेवन गरेको र मोटरसाइकल छुटाउन माथिल्लो तहलाई फोन गर्न थालेपछि प्रहरी र युवाविच विवाद हुँदा प्रहरीले निर्घात कुटपिट गर्नु गलत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भिडियो लिंक:

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*