गोली लागेको सगुनको अवस्था चिन्ताजनक

एभरेष्ट न्यूज । १४-माघ, काठमाण्डौँ ।

पूर्वको सुन्दर नगरी अर्थात हिमालको रानी भनेर चिनिने पर्यकीय स्थल तथा लिम्बु समुदायको अस्था र पहिचानको केन्द्र मुकुमलुङमा केबलकार निर्माण हुने भएपछि केबलकार निर्माण समुह र आन्दोलनकारी बिच झडप हुँदा प्रदर्शनकारी र प्रहरी दुबै पक्ष घाइते भएकाछन ।

प्रदर्शकारीले प्रहार गरेको ढुङ्गामुढाबाट केही प्रहरी घाइते भएकाछन भने सुरक्षकर्मीले प्रहार गरेको गोलीले पान्थर, मिक्लाजुङ(५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको देब्रे छातीमा लागेर गम्भिर घाइते भएपछि काठमाण्डौँ शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएको छ । गोलीले देब्रेपट्टिको छाती वरपार भएकोले लावती स्थिति चिन्ताजन भएको उपचारमा संलग्न चिकित्सकले बताए । लावतीलाई आइतबार रातिबाट संघक कक्ष (आइसियु)मा राखिएको छ ।


घाइते लावतीको फोक्सोको देब्रे भाग पार गर्दै अगाडिको ४ र ६ नम्बर करङ (True Ribs) भाँचिएको तथा पछाडिको स्क्यापुला (Scapula) हड्डी पनि भाँचिएर छातीको वारपार भएर गोली गएको उपचारमा संलग्न चिकित्सकको बताएको उनको निकट आफन्तले बताए ।

यसैगरि  तेह्रथुम, मेयङलुङ नगरपालिका-९, पाटीगाउँ निवासी ३४ वर्षीय यामबहादुर सुक्वाबाको देब्रे तिघ्रामा लागेर हड्डी फोरेर गोली वारपार भएको छ । उनको आइतबार राति १२:३० बजे टिचिङ अस्पतालमा शल्यक्रिया सम्पन्न भएको छ ।

ताप्लेजुङ, फुङलिङ नगरपालिका-८ निवासी २० वर्षीय धनपाल पालुङ्वालाई सुरक्षाकर्मीले बन्दुकको कुन्जाले प्रहार गरी देब्रे काँधको हड्डी भाँचिदिएका छन् । उनको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुरक्षाकर्मीतर्फ सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवलदार अभिनाझ माझी घाइते लगायत सामान्य  घाइते भएको र उनीहरूको स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रवि रावलले बताए ।

About Everest News 806 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*