
देवीशा राई, एभरेष्ट न्यूज । १७ माघ, काठमाण्डौँ ।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६,भँडारे खोलामा सुमो दुर्घना हुँदा एकै परिवारको ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
खोटाङबाट बिरामी लिएर काठमाण्डौ जाँदै गरेको सुमो बिहिबार बिहान करिब ६ः३० बजे दुर्घटनाग्रस्त अवस्थमा सञ्जित राईले देखेर प्रहरीलाई जानकारी गराएको थियो ।
दुर्घटनामा खोटाङ जिल्ला केपीलासगढी गाउँपालिका ५६ विर्षीय माया देवी गुरुङ, निजको २८ वर्षिय छोरा पुजन गुरुङ र गुरुङ बहिनी ४५ वर्षिय तारा गुरुङको निधन भएको अस्थायी प्रहरी चौकी हर्कपुरबाट खबर प्राप्त भएको छ ।
४ जना मात्रै सवार ना १ ज ६४२१ नम्बरको सुमोमा ३ जनाको घटनास्थलमा नै निधन भएपनि चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ वर्षिय अनिल पण्डित फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाणडौ जाँदै गरेको सुमो राती नै दुर्घटना भएको हुन सक्ने र तर स्थानीयले विहान करिब ६ः३० बजेतिर देखेर प्रहरीलाई खबर गरेपछि मात्रै दुर्घटना भएको खबर जानकारी भएको थियो ।
सिद्धिचरण राजमार्ग अन्तर्गतपर्ने ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका वडा नं ६ थाक्ले हिलेपानीस्थित भाडरे खोला दुर्घटनाग्रस्त क्षेत्र हो । उक्त खोलामा बस, सुमो, ट्रक लगायतका सवारी साधनहरू दुर्घटना हुने स्थल हो। घरटनाको कारणबारे विस्तृत खोज तथा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
Leave a Reply