लोकप्रिय गायिका मनु नेम्बाङ घाइते

कार्तिक १२, काठमाण्डौँ ।

लोकप्रिय गायिका मनु नेम्बाङ शुटिङको क्रममा घाइते भएकोछ ।

बरिष्ठ लोकभाका संकलक तथा गायक नविन खड्का र गायिका नेम्बाङकै स्वरमा रहेको पुर्वेली लोक भाका ‘जाउ बरु डाँडै काटी’ गीतको छायाङ्कनको क्रममा खुट्टामा चोट लागेर घाइते भएको हो ।

गुरासको राजधानी भनेर चिनिने तेह्रथुम बसन्तपुरबाट शुरु भएको गीतको छायाङ्कनको कही भाग ललितपुरको रातमाटे डाँडामा शुटिङको क्रममा मकैको ढोडमा अल्झिएर गायिका नेम्बाङ घाइते भएको हो ।

गायिको नेम्बाङको बाया खुट्टाको कुर्कुच्चमा ठुलो चोट लागेर घाइतेपछि उनलाई तत्कालै महालक्ष्मी स्थान, ललितपुर स्थित गणेशमान सिंह मेमेरियल अस्पतालमा पुराइ खुट्टामा ७ टाका लगाइएको उद्धारमा संलग्न विगेसो (व्रिटिश भूतपूवै सैनिक संगठनका सभापति) पदम सुन्दर लिम्बुले बताउनु भयो ।

खुट्टामा गहिरो चोट लागेकोले कम्तिमा १ हप्ता हिड्डुल गर्न नहुने र १ हप्तापछि घाउको जाच गरेर सुधारको अबस्था हेरेर मात्रै पुरा ठिक हुन के कति समय लाग्ने थाहा हुने उपचारमा संलग्न चिकित्सकले बताउनु भयो ।

गायिका नेम्बाङलाई दिन बिराई घाउ जाच तथा ड्रेसिङमा आउने गरि अस्पतालले डिस्चार्ज दिएको छ ।

शुटिङको अन्तिम शटको बेला घाइते भएकोले गीतको छायाङ्कन पनि सम्पन्न भएको भिडियोको निर्देशक सञ्चारकर्मी तथा चलचित्र निर्देशक चन्द्र वाम्बुले बताउनु भयो ।

गायिका मनु नेम्बाङ र कलाकार रुद्र पाहिमको फिचरिङ रहेको भिडियो तिहार अगाडि नै दर्शक स्रोता समक्ष पुराउने बताइएको छ । एभरेष्ट कल्चर मिडिया लगनखेलको प्रोडक्सन रहेको भिडियोको पोष्ट प्रोडक्सनको काम तत्कालै शुरु गरिने बताइएको छ ।

About Everest News 791 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*