एभरेष्ट संवाददाता ।
१५ साउन, काठमाण्डौँ । किरात वाम्बुले राई जातिले बासुरी दिवस र खिर खाने कार्यक्रम भव्यताको साथ मनाएकाछन ।
वाम्बुले राई समाज (वाम्रास) केन्द्रको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुराई प्रमुख अतिथ्य तथा राष्ट्रगान सर्जक व्याकुल माइलाको विशेष अतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं १ इमाडोल स्थि वाम्रास भवनमा सम्पन्न भएको हो ।
कार्यक्रममा वाम्बुले समुदायको मौलिक तथा लोकप्रिय भाका राम्दलेमा बासुरी बादन संयोजक जीवन राई, पत्रकार श्याम राई र निरज परियारले बाँसुरीको सुमुधुर धुनमा वाम्रास केन्द्रीय सहकोषाध्यक्ष मोतिराज राई र सदस्य विष्णु माइलाले मादलको ताल मिलाएपछि कार्यक्रमको औपचारिक शुभरम्भ भएको हो ।
यसैगरि बिनायो संयोजक कोपिला राईको साथमा सीता राई, सिंगमाया राई, सुमित्रा राई, पबिता राई, मच्चेमाया राई र रमास राईले बिनायो बजाएका हुन ।
कार्यक्रममा कवि तथा गीतकार मन्जीत राईको शब्द संकलनमा ब्यीम्ड्वाइ की याम् माडुइ (सम्झेउ कि विर्सेउ) गीतमा रचनाकार राई सहित गायक तथा वाम्बुले राई, सांस्कृतिक कलाकार समाज तदर्थ समिति, अध्यक्ष बुद्ध राईको साथमा गायिकाद्धय एलिना राई र अम्बिका राई लगायतले राम्दले भाकामा गायन प्रस्तृति गरेकाछन ।
यसैगरि गायक बुद्ध राईको रचना तथा स्बरबद्ध वाम्बुलेनी रान्जिमे मुयो (वाम्बुलेनी सुन्दरी मान्छे) गीतमा कोरियोग्राफर टार्जन राईको साथमा डिसन राई, आयुसा राई र समुना राई लगायतको कलाकारहरूले नृत्य प्रस्तुत गरेका हुन ।
कार्यक्रमको प्रमुख अथिति पुर्वेली सुप्रसिद्ध लोक गायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुराईले किरात समुदाय, भाषा र संस्कृति, सभ्याताको धनी मात्रै नभई आदिम कालदेखि नै महिला पुरुषमा समानता भएपनि आफ्नो मौलिक कला र संस्कृतिलाई कस्तुरीले आफ्नो नाभीको सुगन्ध थाहा नपाएर भौतारिए जसरी हामी भौतारिंदा मौलिक भाषा र संस्कृति संकटमा पर्दै गएको बताएकाछन ।
प्रमुख राईले भाषा र संस्कृतिमा अब्बल वाम्बुले समुदाय राष्ट्रगान सर्जक जस्तो गरिमामय व्यक्तित्वको मातृभाषा हुनुले वाम्बुले भाषा र सभ्यताको ओज अझ उच्च रहेको बताउनु भएकाछन ।
विशेष अतिथि सर्जक माइलाले वाम्बुले समुदाय राज्यबाट किनराकृत भएकोले जुनकिरी जस्तो पिलपिलाई रहेको नाजुक अबस्थामा रहेको गुनासो व्याक्त गरेकाछन ।
सर्जक माइला स्वयम पनि बासको बासुरी खिप्ने सिप तथा बासुरी बादनमा समेत पोख्त भएको बताएकाछन ।
संस्थाको केन्द्रीय अध्यक्ष गजुरधन राईले वाम्बुले समुदायको मौलिक बाजा प्रयोगले बर्तमान बिश्वको लागि घातक र चुनौति बनेको जलबायु परिवर्तनलाई समेत न्युनिकरण गर्ने बताएकाछन ।
यसैगरि वाम्रास केन्द्रीय उपाध्यक्ष तथा बासुरी दिवस अभियन्ता गणेश राईले दुधकोशी र सुनकोशीको संगम स्थल आसपारमा रहेका वाम्बुले समुदाय साउनमा देविदेवता गुफा बस्छन र सो समयमा १५ दिनको लागि कुनै हो हल्ला गर्न नमिल्ने लोक परम्परा रहेकोले तर साउन १५ देखि छुट भएकोले सो दिनलाई विशेष बासुरी दिवसको रुपमा २०७४ सालदेखि वाम्रास संस्थाले संस्थागत निर्णय गरि कार्यक्रमको आयोजना गर्दै आएको स्वगत मन्तव्यको क्रममा बताएकाछन ।
खिर ग्रहणसंगै औपचारिक कार्यक्रमको समापनपछि महिला दिदी बहिनीहरूको सुरिलो स्वरमा गुन्जिएको लोक भाका राम्दलेमा बासुरीको सुरिलो भाका भरेपछिको कर्णप्रिय गुन्जयमान प्रस्तुतिमा राष्ट्रगान सर्जक माइला सहितकोे पुरुष तथा महिलाहरूको सामुहिक नाच र गायनले वाम्बुलेको थातथलोमा चाडपर्वमा लाग्ने स्थानीय मेला तथा वाम्बु समुदायको सास्कृतिक कार्जे एवं भोजभतेरमा हुने रंगरसको झ–झल्को माथ खुवाउनेगरि रमझमा झुमेको दृश्यले कार्यक्रममा अथितिको रुपमा सहभागी भएका कलाकार तथा पत्रकार भद्रगोल किराती, नागरिक पहिलो अभियानको अभियन्ता मिलन कान्छा किराती लगायत पत्रकार सबै मन्त्रमुग्ध बनेकाछन ।
बासुरीलाई मौलिक बाजाको रुपमा परिभाषित गर्दै वाम्रास केन्द्रले २०७४ सालबाट बिधिगत रुपमा कार्यक्रमको आयोजनागरि केन्दीय कार्यालयमा उत्सब मनाउदै आएकोमा केही वर्षदेखि वाम्बुलेको संघन बसोबास रहेको ओखलढुङ्गाको मानेभञ्ज्याङ ६, हिलेपानी र प्रबासमा रहरेका वाम्बुले मध्ये बेलायतमा पनि मान्दै आएकामा यस वर्षदेखि खोटाङको हलेसी तुवाचुङ नगरपालिका १, झाप्पा जुरेथुम्कामा समेत कार्याक्रमको अयोजना भएको छ ।
२०७६ सालबाट नेपाल सरकारले साउन १५लाई खिर खाने दिवस घोषणा गरि देशभर राष्ट्रिय उत्सवको रुपमा मनाउने थालेको पनि वाम्बुले वाम्रास संस्था राज्य भन्दा जेठो आयोजक बनेको छ ।
वाम्बुले समुदायको साझ संस्था वाम्रास केन्द्रले साउन १५ लाई बासुरी दिवस घोषणागरि मान्दै र विकास गर्दै आएपनि मौलिक भाषा र संस्कृतिले सम्पन्न वाम्बुले समुदायमा बासुरीको प्रयोग र इतिहासबारे कहिलेदेखि कसरी भएको हो भन्नेबारे खोज अनुसन्धान तथा अध्ययन गर्न बाकी नै छ ।
किरात दर्शन मुन्धुम, लोक परम्परा अर्थात लोकवार्तामा कहीकतै बासुरी र वाम्बुले समुदायबिचको सम्बन्ध उल्लेख भएको पाइदैन ।
सामाजिक कथा र मिथकमा समेत वाम्बुले समुदायमा बासुरीबारे खासै वर्णन नभएकोले वाम्बुलेको मौलिक तथा पौराणिक हुन वा होइन अनुसन्धान विषय हो । तर बाउ बाजेहरूले बजाउदै आएका बासुरी युवा पुस्ताले पनि रोचकपुर्वक हस्तान्तरण भने हुँदै आएको छ ।
हिन्दु धर्म ग्रन्थ अनुसार द्धपार युगको भगवान श्रीकृष्णको प्रिय बाजा भनेर मानिने बासुरी वाम्बुले समुदायमा शाहवंशको नेपाल एकीकरण अभियानको क्रममा माझ किरात तथा पल्लोक किरातको अतिक्रमणसंगै शाषक वर्गले लागु गरेको एक भाषा र एक भेषको नीतिको प्रत्यक्ष असर परेको अग्रजहरूको भनाई छ ।
किरात समुदायको पौराणित र मौलिक बाजा भनेर चिनेन एलम्बर बाजा केही पुस्ता अगाडिसम्म लोकप्रिय भएको इतिहास वाम्बुले समुदाय रहेपनि हाल उक्त बाजाको प्रयोग शुन्य छ । एभरेष्ट टेलिभिजनको लागि क्यामेरामा प्रेम वाम्बुलेको साथ चन्द्र वाम्बुले ।
Leave a Reply