विगेसोको मृगौला पिडितलाई १ लाख ६० हजार सहयोग

कार्तिक ९, काठमाण्डौँ ।

भूतपूर्व गोर्खा सैनिक संगठन (विगेसो) बेलायतले मृगौला पिडित अन्जना गुरुङलाई उपचारको लागि १ लाख ६० हजार ९ सय रुपैया रकम हस्तान्तराण गरेको छ ।

लोकप्रिय गायिका मनु नेम्बाङले सञ्चालन गरेको ललितपुरको नखिपोटस्थित होटल चौतारीमा भेटघाट कार्याक्रमको आयोजना गर्दै सो रकम हस्तान्तरण गरेका हो ।

विगेसोको बेलायत अल्डरसटको अध्यक्ष खड्गजंग लिम्बु र उहाको पत्नी होमा पायम लिम्बुले सो रकम पिडित गुरुङलाई हस्तान्तरण गरेकाछन ।

लिम्बुले बेलायतमा रहदा अन्जनाको दिदी सपना गुरुङले बहिनीको उपाचारको लागि सहयोगको लागि याचना गरेकोले कम्मनीको सहकर्मी तथा आफन्जनलाई सम्पर्क गरि सो रकम जम्मा गरेको बताउदै को–कस्ले कति रकम दिएको सबै नाम र सहयोग रकम समेत बाचन गरी हरहिसाबको फेहरिस्ता सहित पिडित गुरुङलाई रकम हस्तान्तरण गरेको हो ।

हस्तान्तरणको क्रममा सहयोगीदाता सबैलाई दम्पति लिम्बुद्धयले हार्दिक अभारसमेत व्यक्त गरे । सहयोग रकम प्राप्त गरेलगत्तै पिडितको फुफाजु डम्बर गुरुङले सो रकम सहयोगीहरूप्रति अभार प्रकट गर्नु भयो ।

गुरुङको १८ वर्षको कलिलो उमेरमा नै दुबै मृगौलाले काम नगरेकोले उपचार भइरहेको छ ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*