एभरेष्ट न्यूज ।
२६ असार, काठमाण्डौँ । सरकारले सुन व्यवसायमा २ प्रतिशत विलासिता कर लागु गर्नेभएपछि सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएकाछन ।
विगत ३ हप्तादेखि निरन्तर आन्दोलनमा रहेको रिले अनसनको संयोजक शिवकुमार सराफले सरकारले हामी सुन व्यवसायीहरूलाई मारमा पारेकोले हामी आन्दोलित हुनुपरेको बताउनु भयो ।
सरकारले विलासिता कर २ प्रतिशत तोकेपनि उपभोक्तासम्म जाँदा ६ प्रतिशतले बृद्धि हुने भएकोले उपभोक्तालाई धेरै मारमा पर्नुको साथै खुला सिमाना भएकोले नेपाल र भारत बीचमा प्रति तोला २० हजारको फरक पर्ने भएकोले यो शुल्क अबिलम्ब सरकारले हटाउनु पर्ने अडान व्यवसायीहरूको छ ।
नेपालमा सुन व्यवसायमा ७५ प्रतिशत अबैध भएपनि सरकारले यसलाई निष्तेज पार्न कुनै कसरत नगरेको समेत व्यवसायीहरूको छ ।
सरकारले बार्ता समिति गठन गरि चाँडै छलफलको माध्यमबाट समाधान गर्ने बताएपनि हालसम्म समिति गठन गरेको छैन ।
Leave a Reply