मुम्बईको फिल्म उद्योग जहाँ एउटा चलचित्रले करोडौं कमाउँछ, जहाँ कुनै हिरोले एउटा इन्स्टाग्राम पोस्टमै सजिलै ५० लाख कमाउँछ,
त्यहाँ एउटा हास्य कलाकार फिश वेंकटको मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुट्न सकेन र उनको निधन भयो। भारतजस्तो विशाल देश, जहाँ फिल्म उद्योगमा पैसा पानी जस्तो बग्छ,त्यहाँ फिश वेंकटजस्ता कलाकारको जीवन यति सस्तो बनेको छ?
उनले अभिनय गरेका सयौं चलचित्रहरुले मनोरञ्जन दिए, हँसाए, ताली पाए।
तर जब जीवन मृ’त्युको दोसाँधमा उभिएको थियो,
उनी एक्ला परे –
न हिरो आयो,
न निर्माता,
न सिने बोर्ड…।
उनले जिन्दगीभर बिभिन्न विधामा अभिनय गरे,
तर आफ्नो जीवनको अन्तिम क्षण आँसुमा बिताए र अस्ताए ।
तिनै हिरोहरू जसका फिल्ममा उनी पृष्ठभूमिमा चम्किए,
तिनै निर्देशकहरू जसको क्यामेरामा उनले जीवन फुकाए –
सबै चुप रहे। यो मौनता लाजमर्दो छ।
उनको छोरीले सहयोगको लागि आँसुमा अपिल गरिन्, तर समाज र फिल्म उद्योग चुप लाग्यो।
यो केवल एउटा मृ’त्युलाई मात्र होइन, त्यो ठूलो संवेदनाको अभावलाई दर्शाउँछ।
धेरै पैसा बग्ने ठाँउमा मानवीयता किन यति सस्तो भयो?
हामीले सिक्नुपर्छ-पैसाको चमकभन्दा बढी महत्वपूर्ण हो साथ र सहानुभूति।
Leave a Reply