सपनामय कीर्तिपुर सहरको अवस्था

काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका यस्तो ठाउँ हो जहाँ नेपालका सात प्रदेश, ७७ जिल्ला र ७५३ पालिकाकै युवाहरु सुन्दर सपना बोकेर सङ्घर्ष गर्दछन । त्यसो त यस ठाउँमा विश्वका ४० भन्दा बढी देशका विधार्थीहरु उच्च शिक्षा हासिल गर्न आउँथे तर यतिबेला त्यो सङ्ख्या ह्वात्तै घटेको छ । यसरी नै विश्वविधालयमा अध्ययन गर्न आउने देशभरका नेपाली विधार्थीहरुको सङ्ख्या ८००० बाट ३५०० मा झरेको छ । यधपि कीर्तिपुर सहरमा अनेकौं सपना बोकेर आउने युवा जामातको सङ्ख्या भने घटेको छैन । उच्च शिक्षा हासिल गर्न आउने विधार्थीको सट्टा जापान, जर्मन, कोरिया, अष्ट्रेलिया, बेलायत, युरोप, अमेरिका आदि देशमा जानको लागि र लोकसेवा परीक्षा तयारी गर्न आउने युवाहरुको भिड निरन्तर बढ्दो छ । यो देखिएको भिड कीर्तिपुर विहारको गल्ली हो जहाँ सस्तो तरकारी र लत्ताकपडा किन्न पाइन्छ । Dr. Bhakta Rai

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*