
बि.स. १९९६ साल असोज १८ गते काठमाडौको किलागलमा जन्मनु भएका नारायण गाेपाल नेपालको सर्वाधिक चर्चित गायकमा पर्नुहुन्छ । वहाले गाउनु भएको सबै गीत श्रोताका प्रिय नै रहे ।
पाकिस्तानी गजल गायक मेहंदी हसनको गजल निकै मन पराउने उनि युवा समयमा आफुलाइ स्याडो पहलमान भन्न रूचाउथे भने साथीहरु असनको सांढे भन्दथे । २०२१ काे चैतमा दार्जिलिङको महाकांल डाॅडामा मकलको आगोमा हात राख्दै इश्वर बल्लभलाई साक्षी राखेर गोपाल योञ्जनसंग मित लाएका थिए ।
मीत लगाए पछि वहाँहरुले मीतज्यू नाईटको कार्यक्रम काठमाडौँदेखि दार्जिलिङसम्म भव्य रुपमा सफल गराए । यसैबिच बिराटनगरमा नगेन्द्र थापाको घरमा बस्दा वहाँको आमाले नारायण गोपाललाई घ्यू धेरै मन पराएकोले घ्यू कुमार र गोपाल योञ्जनलाई पिरो मन पराएकोले खोर्सानी कुमार नाम राखि दिनुभएको थियो।
आफ्ना प्रशंसक दार्जिलिङ सुकिया पाेखरीकी पेमाला लामासंग २०२७ सालमा बिहे गरेर पाेखरा अाए । भूपी शेरचनको अनुरोधमा वहा कै घरमा बसे । पोखरामा नारायण गोपाल तथा पेमालाको दिन कठिनसंग बित्न थाल्यो ।
नारायण गाेपालले अमर सिंह मा. वि. मा संगीत पढाउन थाले भने पेमालाले रत्न राज्य लक्ष्मी कन्या मा.वि. हाेम साइन्स पढाउन थाले । ५-६ महिनाको बसाई पछि पोखरामा बस्न कठिन भएपछि काठमाडाै लागे ।
साथीहरुको सहयोगमा नारायण गोपालले नाचघरमा जागीर पाए भने पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् । दुख कष्टले ८-९ वर्ष पछि महाराजगञ्जस्थित भूतबंगला छेउ तीन रोपनी जग्गा किनेर घर बनाए । तर किलागलको पुर्ख्यौली घरमा फर्केर गएनन् ।
मेरो सौभाग्य मैले वहाँको थुप्रै कार्यक्रम हेर्ने सुअवसर पाए । काठमाडौँमा भएको स्वर्णीम साझ तथा वहाँको अन्य एकल र मह जोडीको साथको कार्यक्रमहरु हेर्न पाए ।
उहाको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा हुन पुग्यो ।उहाँको अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लगायत थुप्रै राजनेता, कलाकर्मीहरु तथा हजारौं प्रशंसक आर्यघाट पुगेका थिए । सुनिल उलाकको वालबाट
Leave a Reply