प्रधानताको दशै शारिरिक असक्तताहरूको साथ

असोज २३, काठमाण्डौँ ।

प्रधानता मिडियाले यस वर्षको दशै शारिरिक असक्तताहरूको साथ मनाएको छ । नेपालको समृद्धि लागि राजनीतिक, आर्थिक, सामाजिक र सस्कृतिक पक्षलाई सशक्ता बनाएपछि मात्रै देश समृद्धि बन्छ भन्ने मुल नाराको साथ विभिन्न क्षेत्रका विज्ञ तथा सामाजिक प्रतिष्ठित व्यक्तित्वहरूको साथ निरन्तर पैरवी र बहसगर्दै मैले भन्नु छ नामक कार्यक्रम सञ्चालन गरि लोकप्रियता कमाएका प्रधान मिडिया समुहले दशै, सबैको दशै भन्ने नाराको साथ शारिरिक अशक्तता भएको व्यक्तिहरूलाई भोजन सहितको शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेर यस वर्षको दशै उल्लास र उत्साहजनक मनाएको प्रधानता मिडियाको प्रबन्धक निर्देशक परिवर्तन भट्टराईले बताउनु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, समाजसेवी तथा प्रतिष्ठित व्याक्तिहरूको बाग्लो उपस्थिति थियो । खगेन्द्र नवजीवन केन्द्रको नामले परिचित नेपाल अपाङ्ग संघ, जोरपाटी केन्द्रमा पूर्ण अशक्त अपाङ्गता अर्थात आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न पुर्णरुपमा अरुको सहायत चाहिने यसैगरि दोस्रो श्रेणीको अपाङ्गता, अति अशक्तता अपाङ्गता अर्थात अरुको सहायताले आफ्नो दैनिक कार्यसम्पादन गर्न सक्ने तस्रो श्रेणीको, मध्यम अपाङ्गता अर्थात शिक्षा र तालिम भएमा अरुको सहायता नचाहिने र चौथो श्रेणीको अपाङ्गता, समान्य अपाङ्गता हो । शारिरिक अशक्तता भएपनि आफ्नो दैनिकी सहजरुपमा कार्यसम्पादन गर्न सक्ने खालको हुन्छन ।

जन्मिएको २२ वर्षको उमेरमा शारिरिक अशक्तता भएको खगेन्द्र बस्नेतकोले २०२६ सालमा स्थापना गरेको संघमा हाल ११० जना शारिरिक अशक्तता भएको व्यक्तिहरू रहेकोछन ।

शारिरिक अशक्तता हुँदाको बखतमा आफुले अशैँया पिडा भोक्नु परेपछि अरुले त्यस्तो दीन भोक्नु नपरोस भनि बस्नेतले नवजीवन केन्द्रको नाममा अपाङ्गता भएको व्यक्तिहरूको लागि हेरचाह केन्द्रको स्थापना गरेको हो ।वि.स. १९८५ सालमा जन्मिएका बस्नेत २०३४ सालमा स्वर्गरोहण भएको हो ।

About Everest News 886 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*