एभरेष्ट न्यूज टेलिभिजन नेटवर्क
चैत्र ५ काठमाण्डौँ ।
नेकपा एमालेको अनेरास्ववियू र एककृत समाजवादीको अनेरास्ववियूले रात्न राज्य लक्ष्मी क्याम्पस (आरआर) प्रदर्शनी मार्गमा फर्जी कार्ड (नक्कली परिचयपत्र) वितरण भएको भन्दै मध्यरातमा ताला लगाएपछि निर्वाचन स्थगित भएको छ ।
नेपाली कांग्रेसको भातृसंगठन नेविसंघ लगायतको संगठनले निर्वाचनको मागगर्दै आन्दोलन गरेको छन ।
त्रिविको ६२ वटा आंगिक र १०५३ वटा सम्बन्धन प्राप्त क्याम्पसहरू मध्ये ४६ आंगिक र २५० वटा सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन हुँदै छ भने ८० वटा भन्दाबढि क्याम्पसहरूमा सर्वसहमतिद्धारा स्ववियू सभापति चयन भइसको छ ।
नेकपा एमाले निकट अनेरास्ववियूले १ आंगिक सहित ३२ वटा क्याम्पसको सभापति आफ्नो पक्षमा पारिसकेको छ भने नेविसंघले १ आंगिक सहित २८ वटा क्याम्पसको सभापतिमा विजय प्राप्त गरको छ । यसैगरि माओवादी निकट अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसको सभापतिमा विजय र नेकपा एस निकट अनेरास्ववियूले १ सभापति विजेता बनेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पस सहित नेपाल ल, विश्वभाषा, बागबजारस्थित पद्मकन्या, बागबजारकै शंकरदेव क्याम्पस, लैनचौरस्थित अस्कल क्याम्पस, ठमेलको सरस्वती क्याम्पस, क्षेत्रपाटीको पब्लिक युथ क्याम्पस र कीर्तिपुरको विश्विवद्यालयमा भने केही मतभेद र आन्तरिक किचलोको कारण निर्वाचन स्थगित भएको छ ।
Leave a Reply