एभरेष्ट न्यूज / टेलिभिजन नेटवर्क ।
चैत्र २, काठमाण्डौँ ।
गत माघ १७ गते सुतिरहेको अबस्थामा नै मृत्यू भएको भनिएको चर्चित गायक विक्रम राईको मृत्यू प्रकरण रहस्यामय बनेको छ ।
मृतक गायकको दाजु गणेश नाछिरिङ राईले सामाजिक सञ्जाल फेसबुकमा गायक विक्रम राईको निधन संस्कस्पद भएको अभिव्यक्ति सार्वजानिक गरेपछि मृतक गायकको निकट मानिएको अर्जुना राईले आफु उल्टै पिडित भएको बताएकीछिन ।
अजुर्ना राईको अनुसार गायक राईले आफुलाई धेरै शारिरिक तथा मानसिक यतना दिएको तर आफन्त सम्झेर सहेकोमा उनको दाजुको घटनाप्रतिको संस्कास्पद पोष्टको कारण आफ्नो पिडा खोल्न बाध्य भएको भन्दै फेसबुकले मार्फत नै दुखेसो पोखेकाछन ।
दाजु गणेशको अनुसार भाइ विक्रमले प्रयोग गरेको २ थान मोबाइल सेट तथा अन्य समाग्री घर परिवारलाई नफर्काएको, गायक राईको निधन हुनु केही समय अगाडि राती २ः२७ मिनेटमा अजुर्ना राई र विक्रम राई विचको झगडाको अडियो विक्रम राईको दिदी अमिता राईलाई पठाएको लगायतको अरोप अर्जुनाप्रति छ ।
अर्जुना राईले भने यस घटनामा आफ्नो दोष केही नभएको बताएकीछिन । प्रहरीले फोरेन्सिक रिपोट आएपछि उजुरी लिएर घटनाबारे विस्तृत अध्ययन गर्ने बताएकाछन ।
दुबै पक्षको आफन्त तथा शुभचिन्तकले मृतकको फोरेन्सिक रिपोट नआएसम्म धैर्य गर्न र घटना हत्या नै भएको भए सत्य तथ्य आएपछि कारबाहीको माग गरेकाछन ।
घटना निज अर्जुना राईले सञ्चालन गरेको हरसुङ्मा खाजा घर अनामनगरमा नै घटेकोले पनि परिवारले संका गरेका हुन ।
गायक विक्रम राई र हरसुङ्मा खाजा घर सञ्चालक अर्जुना राई लामो समयदेखि लिभिङ टुगेदर थिए । राईले मृतक राईको मोबाइल सेट तथा अन्य समाग्री घरपरिवारलाई नफर्काएकोले परिवार अजुर्नाप्रति रुष्ट बनेको निकट स्रोतबाट खुलेको छ ।


Leave a Reply