ललित निवास प्रकरणमा भाटभोटेनीको सञ्चालक मिन गुरुङ पक्राउ

१२ असार, काठमाडौं ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललित निवास जग्गा प्रकरणमा पक्राउ परेका छन् ।

लामो समयदेखि विवादमा रहेको ललित निवास जग्गा प्रकरणमा मुछिएका गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गुरुङको नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धानको लागि गुरुङलाई पक्राउ गरेको हो ।

About Everest News 891 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*