बृद्धलाई करणी गरेको अभियोगमा युवक प्रकाउ

AI Genereate Image
AI Genereate Image

एभरेष्ट न्यूज

३ मंसिर, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा एक पुरुष प्रहरी हिरासतमा परेको छ । ओखलढुङ्गाको मानेभञ्याङ गाउपालिका वडा नं २ वाक्साको ३८ बर्षीय पुरुष पक्राउ परेको हो ।


उनले गत कार्तिक ९ गते (२०८२) राती साइनोमा काकीपर्ने छिमेकी बृद्ध महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले कार्तिक १० गते नै अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

२३ दिनको अनुसन्धानपछि प्रहरीले उनीबिरुद्ध जिल्ला अदालत ओखलढुङ्गामा मंसिर ३ गते हाडानातामा जबरजस्ती करणी उद्योगमा मुद्धा दायर गरेको थियो ।

उनलाई पुर्पक्षको लागि हिरासतमा राख्न जिल्ला अदालत ओखलढुङ्गाले आदेश गरेको अदालतको श्रेस्तेदार सविनराज पाण्डेले बताउनु भयो । उनको आगमी २०८२ माघ ७ गतेको बकपत्र तोकिएको छ ।

अभियुक्त युवाले आफुले करणी नगरेको र सुर्ती खानु मन लागेर सुर्ती र आगो माग्न जाँदा आफु माथि बृद्ध महिलाले अरोप लगाएको दाबी छ ।

About Everest News 899 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*