मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

५ साउन, काठमाडौं । बालिका बलात्कारको उजुरीको अरोपमा मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ९अहिराज० पक्राउ परेका छन् । उनलाई भद्रकाली आसपासबाट आइतबार विहान नियन्त्रणमा लिइएको काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताउनु भयो ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले पक्राउ लगतै उनीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताउनु भयो । अदालतले उनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।

पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*