
एभरेष्ट न्यूज टेलिभिजन । चैत्र १, काठमाण्डौँ ।
चर्चित उपन्यास ‘बसाइँ’को लेखक सुप्रसिद्ध साहित्यकार लिलाबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा बिहिबार राती १०ः१० निधन भएको निटक स्रोतबाट जानकारी प्राप्त भएको छ ।
सन१९३३ मार्च १ मा भारत असामको गुवाहटी क्षेत्र जन्मनुभएका क्षेत्रीले विगत लामो समय देखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिँदै आउनु भएको सुप्रद्धि साहित्यकार हुन ।
साहित्यकार क्षेत्रीले दार्जिलिङले ‘दियालो पुरस्कार’, पश्चिम बङ्गालको ‘भानु’ पुरस्कार प्राप्त गर्नुभएको छ । ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासले साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बनेको थियो । उहाँ सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित हुनुभएको थियो ।
यसैगरि क्षेत्रीलाई गत वर्ष स्वीकारोक्ति फाउन्डेसनले क्षेत्रीकै नगर गुवाहटी पुगेर नगद राशी ६ लाख रुपैयासहित स्वीकारोक्ति सिद्धि सेवा पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
‘बसाइँ’ उपन्यास लन्डन विश्वविद्यालयको प्रोफेसर माइकल हटले अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन् । त्यसका साथै त्यस उपन्यासको अनुवाद असमिया, हिन्दी, चिनियाँ, थारू भाषामा पनि भएको छ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो ।
बसाई लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछिको दोस्रो लोकप्रिय उपन्यास हो । अर्थशास्त्रमा स्नातकोत्तर गरेर प्राध्यापक भएका क्षेत्रीले नेपाली साहित्य सिर्जनामा ठूलो योगदान दिएकाछन ।
Leave a Reply