टेलिकम र एनसेल दुबै नि:शुल्क सेवा

२५ भदौ, काठमाण्डौँ ।

नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

जेनजीको आन्दोलनको देश उथलपुथल भई देशमा विषम परिस्थिति उत्पन्न भएको कारण देश तथा विदेशमा रहेका आफन्तसँगको सम्पर्कलाई सहज बनाउन टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस सेवा दिएको हो ।

टेलिकमका अनुसार नि:शुल्क डेटा सेवाका लागि *1415*8*3# र भ्वाइस सेवाका लागि *1415*8*7# डायल गरेर लिन सकिन्छ । यसअघि अर्को टेलिकम अपरेटर एनसेलले पनि दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ ।

एनसेल यस अगाबै २ दिनको लागि निशुल्क सेवा उपलब्ध गराएको थियो । एनसेलले दुई दिनका लागि लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क दिने घोषणा गरेको थियो ।

About Everest News 886 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*