राति निद्रा नलागेर छटपटी भयो ? सुत्नुअघि शरीरको यो भाग दबाउनुहोस्

धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन। निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन्। ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे।

यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहन्छ ।

आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ। गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग। सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस्।

कुन अंग दबाउँदा के हुन्छ ?

नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ। पाइतालाको मध्यभाग। यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस्।

धेरैजसो मान्छेलाई जतिखेर पनि कुनै न कुनै समस्या वा पीडाले सताइरहेको हुन्छ। कहिले टाउको दुख्छ, कहिले तनाव हुन्छ। यस्तोमा मान्छेले महंगा औषधि किनेर खान्छन् तर खासै फाइदा भने भइरहेको हुँदैन।

तर शरीरका केही विन्दुमा केही सेकेन्ड थिच्दा स्वास्थ्यका अनेकथरी समस्या समाधान हुन्छ भन्ने तपाईंलाई थाहा छ ? यहाँ हामी हातका केही यस्ता विन्दुहरूका बारेमा बताउँदैछौं जसलाई केहीबेर थिच्दा तपाईं कुनै पनि पीडाबाट मुक्त हुन सक्नुहुन्छ ।

तनाव : तपाईं प्रायः तनावमा हुनुहुन्छ भने औषधिको सहारा नलिनुसे । हातको कान्छी औंलामुनिको नाडीमा हलुका दबाब दिनुस् । केही समय यसरी दबाब दिँदा तनाव हट्छ ।

अपच र चिन्ता: हत्केलाभन्दा लगभग तीन सेन्टीमिटर तलको भागलाई दबाउँदा अपच र चिन्ता जस्ता स्वास्थ्य सम्बन्धी समस्या हट्छन् ।

बाडुली : अचानक बाडुली लाग्यो र रोकिएन भने हत्केलाको बीच भागमा थिच्नुस् । बिस्तारै बाडुली हट्छ ।

गर्दनको पीडा : गर्दनमा तीव्र पीडा भएमा चोरी औंला र माझी औंलाबीचको भागमा दबाउँदा पीडा शमन हुन्छ ।

दाँतको पीडा : दाँतको पीडा हुँदा बूढी औंलाको चारैतर्फ दबाब बनाउनुस् । यसबाट पीडा शान्त हुन्छ ।

पेटको समस्या : ग्यास भरिने र पेट दुख्ने समस्या हुँदा पनि हत्केलाको बीच भागमा दबाउँदा समस्या सुल्झिन्छ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*