राजदूतलाई सर्वोच्च अदालतको स्मरण पत्र

असार २५, एभरेष्ट न्यूज ।

ब्रिटिश भूतपूर्व सैनिक संगठन (बिगेसो)ले ४१ सुत्रीय माग सहित बेलायत स्थित नेपाली राजदुतावासमा स्मरण पत्र बुझाएको छ ।

बेलायतको लागी नेपाली राजदूत ज्ञानचन्द्र आचार्य समक्ष बिगेसोको सभापति पदम सुन्दर लिम्बुको नेतृत्वको समुहले स्मरण पत्र बुझाएको हो।

बिगेसोको सभापति पदमसुन्दर लिम्बुको नेतृत्वमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्मरण पत्र हस्तान्तरण गर्दै

सन् १९४७ देखि हुँदै आएको गोर्खा भर्ती सम्बन्धीको त्रिपक्षिय सन्धि (नेपाल, भारत र बेलायत विचको भएको सन्धि) असमान भएको भन्दै बिगेसोले लामो समयदेखि आन्दोलन गर्दै आएको छ।

२०७४ सालमा नेपालको सर्बोच्च अदालतमा सन्धिको खारेजीको माग गर्दै बिगेसोको सभापति लिम्बुले दायर गरेको रिटमा संवैधानिक इजालसले त्रिपक्षिय सन्धि पुनरावलोकन गर्नुपर्ने निर्देशनात्मक आदेश जारि गरेपछि लामो समयदेखि विभेदमा परेका आम गोर्खाली (बेलायत, सिङ्गापुर, ब्रुनाइ, हङकङ, भारत लगायत ब्रिटिश मातहतमा भर्ती भएको नेपाली नागरिक) ले न्याय पाएको विगेसोको कानुनी सल्लाहकार अधिवक्ता फाडिन्द्र कार्कीले बताउनु भयो ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय सम्बन्धित निकायलाई निर्देशनात्मक आदेश जारी भएकोले त्यसको मर्म र भावना अनुसार दूतावासले भुमिका खेलोस र गोर्खाका (बेलायत मार्फत सेना,प्रहरी तथा सुरक्षा निकायमा भर्ती भएका नेपालीहरू) जे जति समस्या छन त्यसको समाधानका निम्ति उचित पहल गरोस् भन्ने माग राख्दै बिगेसोले स्मरणपत्र बुझाएको छ।

बिगेसोको कानुनी सल्लाहकार अधिवक्ता फाडिन्द्र कार्की

भिडियो लिंक

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*