चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

एभरेष्ट न्यूज टेलिभिजन

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनमा सुब्बाले २६ मतको अन्तरले अर्का प्रत्यासी उम्मेदर सुनिलकुमार थापालाईपछि पार्दै बिजय भएका हुन । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाए ।

यसैगरि महासचिव पदमा मा खगेन्द्र लामिछाने निर्वाचित भए । लामिछानेले १५२ मत प्राप्त गर्दै सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गरे । नेपालीले १२५ मत पाए ।

सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । उनले सोही पदका अर्का प्रत्यासी किसान पोखरेललाई हराए । गिरीले १५९ मत पाउँदा पोखरेलले ११२ मत पाए ।


उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यमा सर्वसम्मत

उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।

९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

सोमबार काठमाण्डौको शुभम पार्टी प्यालेसमा आयोजित संघको १९ औं वार्षिक साधारण सभाको क्रममा नयाँ कार्यसमितिको चुनाव आयोजना गरिएको थियो ।

About Everest News 859 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*