विश्व चर्चित आलोका कुकुर नेपालमा

कुनैबेला भारतको सडकमा बेवारिसे सडक कुकुर थियो ऊ । अहिले सेलिब्रेटी डग । पैदल यात्रामा हिँडिरहेका बौद्ध भिक्षुलाई पछ्याएपछि यो कुकुरको ठाउँ बद्लियो । यात्रा बद्लियो । अनि नाम पनि ।

अनायसै आफ्नो यात्रामा सहभागी हुन आएको यो कुकुरलाई भिक्षुहरुले नाम दिए, अलोका ।

त्यसपछि अलोका भिक्षुहरुसँग भारत हुँदै विश्व यात्रामा निस्कियो । अमेरिकामा २३०० माइल लामो पैदल यात्रा पछि उसले थप प्रशिद्धि पायो । त्यसपछि त अलोकालाई स्पर्श गर्न मात्र होइन, एक झलक हेर्नका लागि पनि मान्छेको भिड लाग्न थाल्यो । त्यही अलोका श्रीलंका, भारत हुँदै अहिले नेपाल आइपुगेको छ ।

बुद्ध एयरले अलोका नेपाल आइपुगेको जानकारी गराएको छ । उसको अफिसियल फेसबुक पेजमा बौद्ध भिक्षुसहित अलोकालाई स्वागत गर्न पाउँदा एकदमै हर्षित भएको बताइएको छ । स्रोत: सामाजिक सञ्जाल

About Everest News 893 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*