मेयरको कार्यकक्षमै तीनपाने

एभरेष्ट संवाददाता

असार १२, काठमाण्डौ । हलेसी-तुवाचुङ नगरपालिकाले “हलेसी सास्कृतिक कोशेली” नामक तीनपाने रक्सिलाई ब्राण्डिङ गर्दै स्थानीय रक्सीको उत्पादन गरेकोछ ।

नगरपालिकाको मेयर विमला राईको सकृयतामा तीनपानेको उत्पादन भएको हो । स्थानीय रक्सिलाई संस्कार, पहिचान र आम्दानी तीनवटा पक्षलाई जोडेर रक्सिको उत्पादन गरेको मेयर राईले बताउनु भयो ।

“हरेक पालिकामा औधोगिक ग्राम बनाउने सरकारको नीति” अनुरुप हलेसी-तुवाचुङ नगरपालिकामा कोदोको अत्यधिक मात्रमा उत्पादन हुने र त्यसबाट परम्परागत रूपमा रक्सिको उत्पादन भएतापनि त्यसको नीति र मापडण्ड निर्धारण नहुँदा यसको गुणस्तरमा शंका तथा चिन्ता हुने भएकोले  वैज्ञानिक परीक्षण मार्फत गुणस्तर सुनिश्चित कायम गर्दै ‘तीनपाने’ ब्रान्डिङ र लेबलिङ सहित ‘हलेसी सांस्कृतिक कोसेली’ नाममा नयाँ व्यावसायिक पहिचान दिएको मेयर राईले बताउनु भयो ।

मापण्डण्ड अनुसार तिनपानेको लागि ४०–५० प्रतिशत अल्कोहलको मात्रा निर्धारण गरेको छ। सामान्य रक्सीमा २०देखि ३० प्रतिशत अल्कोहल हुन्छ ।

शुद्ध कोदोबाट उत्पादित तीनपाने रक्सीलाई व्यवस्थित रूपमा बजारमा ल्याउन हालको लागि “हलेसी र चाम्लिङ सामुदायिक होमस्टे” मार्फत उपलब्ध हुनेछ। तिनपानेलाई प्रभावकारी बनाउन दुई होमस्टेलाई १० थान अल्कोहल मापन गर्ने मेसिन र १८ हजार थान बोतल पालिकाले निःशुल्क उपलब्ध गराएको छ।

यस कदमले सुरक्षित उपभोग, पर्यटन प्रवर्द्धन र ग्रामीण उद्यमशीलतामा टेवा पुग्ने विश्वास नगरपालिकाको छ। परिक्षणको रुपमा प्रारम्भ भएको तिनपानेको उचित बजारिकरण भएमा थप विस्तार गर्ने पालिकाको योजना छ ।

तीनपानेले विशेषगरी महिलाको आर्थिक सशक्तीकरण,

परनिर्भरता हटाउने, स्थानीय आम्दानी बढाउने र

कोदो खेती विस्तार गर्ने अपेक्षा गरिएको छ

तीनपानेले विशेषगरी महिलाको आर्थिक सशक्तीकरण, परनिर्भरता हटाउने, स्थानीय आम्दानी बढाउने र कोदो खेती विस्तार गर्ने अपेक्षा गरिएको छ। साथै स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य रहेको छ ।
परम्परागत स्वादलाई आधुनिक व्यावसायिक ढाँचामा रपन्तरण गर्दै स्थानीय तहका लागि उदाहरणीय र दीर्घकालीन सोचका रूपमा हेरिएको छ। यस उत्पादनलाई व्यवस्थित र सुरक्षित गर्दै उपहारको रुपमा विश्वभर फैलाउने पालिकाको लक्ष छ ।

थप समाचार लिंक

https://www.facebook.com/100015624902146/videos/pcb.2283697848827690/972979158703864
https://www.facebook.com/100015624902146/videos/pcb.2283697848827690/972979158703864
About Everest News 896 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*