अमेरिका र नेपाल बीचको उल्टो संस्कार

अहिले अमेरिका र नेपालको भिन्नताबारे सामाजिक सञ्जालमा केही टुक्काहरु भाइरल हुने क्रममा छन् । यसै सन्दर्भमा हामीले अमेरिका र नेपालका २५ फरक भिन्नताहरु संकलन गरेका छाैँ ।

-अमेरिकनहरु भोली भोकै हुन किन नपरोस आज टन्न खान्छन । हामी नेपालीको संस्कार भोली भोकै हुनुपर्ला भन्ने चिन्ताले – आज भोकै बस्छौ ।

Mgid

HERBEAUTY8 gift ideas for your new BFMen are difficult to buy presents forLEARN MORE→

-अमेरिकन खुल्ला ठाउमा खाना खान्छन अनि गोप्य ठाउमा दिशा गर्छन । नेपाली गोप्य भान्साकोठामा खाना खान्छौ अनि खुल्ला चौर, बनपाखामा दिशा गर्छौ । तर पछिल्लो समय भने नेपालीको बनीमा सुधारन्मोख छ ।

– अमेरिकन पहिले घर किनेर त्यसैमा बसि क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन । नेपाली जिन्दगीभर भाडामा बसि बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।

-अमेरिकन दुध चिसो पिउछन पानी आइस राखेर पिउछन । हामी दुध तताएर पानी उमालेर पिउछौ ।

-अमेरिकनहरु अलि बढि पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन । हामी नेपाली केही बढि पैसा बचत भए अर्को धेरै पैसा चाहिने ब्यावहार आटेर बोझ बढाउछौ ।

– अमेरिकन महिला बच्चा अगाडी भागमा छातीमा टासेर बोक्छन हामी पछाडी पिठ्यूमा बोक्छौ ।

-अमेरिकन हातले फ्याकेर खेल्नेलाई फुटबल भन्छन हामी खुट्टाले फ्याकेर खेल्नेलाई फुटबल भन्छौ ।

-अमेरिकन गरिवहरु मोटा हुन्छन खासगरी जंकफुड र सस्ता खाना खाएर । अनि धनीहरु स्वस्थ्य खाना र ब्यायमले स्लीम हुन्छन । हामी काहा गरिवहरु खान नपाएर बढि परिश्रमले पातला हुन्छन धनी धेरै खाएर मोटा हुन्छन ।

-अमेरिकन आफ्नो प्रेमिकालाई प्रेम गरेर बिबाह गर्छन । हामी बिबाह गरेर अझ बच्चा भएपछी श्रीमतीलाई प्रेम गर्छौ ।

-अमेरिकन प्रचलन घर,ब्यावसायिक स्टोर,रेष्टुेन्ट,कार्यलय बेलुका सफा गर्छन हामीकाहा बिहान सफा गर्ने प्रचलन छ ।

– अमेरिकन मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन । हामी पहिले साल महिना र गते लेख्छौ ।

-अमेरिकन जन्मदा नै नामी हुन्छन हामी बेनामी । कसरी भने अमेरिकन पेटमा बच्चा भएपछी बच्चाको नाम दिन्छन र जन्मदा सोही नामको बर्थ सर्टिफिकट बन्छ । हामीकहा जन्मेको ११ दिनमा पंडित वा बाबु आमाले नाम दिएपछी नामी हुन्छौ ।

-अमेरिकन पुलिस पसलमा समान किन्दा, रेष्टुरेन्ट जादा, ट्याक्सी चढदा टिप्स पनि दिन्छन । हामीकहाका पुलिस यि ठाउबाट हप्ता नै लिन्छन ।

-अमेरिकन धनीले कर र्तिछन कम आए हुने गरिबले ट्यास फिता बाट पैसा पाउछन । नेपालमा धनिले धन र शक्तिले कर तिर्दैनन र थोरै र्तिछन गरिव साना ब्यावसायी बढी कर तिरीरहेका हुन्छन ।

– अमेरिकन चलन पैसाको नोट ठुलो माथी पारी आसनमा सानो नोट राख्छन । हाम्रोमा आसनमा ठुलो नोट माथी सानो हुदै जान्छ ।

– अमेरिकन प्याकेटको खाना मन पराउछन । हामी आफैले बनाएको अझ आफुले चिनेजानेकाले बनाएको मात्र खाना खान मन पराउछौ ।

-अमेरिकामा कमाइको हिसावमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउ होटल, एपाटमेन्ट, घर,कोठा महड.गो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महड.गो हुन्छ ।

-अमेरिकामा प्राय पुरुष महिला देखी डराउछन । नेपालमा महिला पुरुष देखी डराउछन र घरब्यावहार पुरुष नै सम्हाल्छन ।

-अमेरिकन महिला बिबाहको दिन नया ठाउ नया मान्छे नया परिवेसको अनुभव गर्न जादैछु भनी खुसी हुन्छन । हामीकहा बेहुली बिबाहको दिन माइती, बाबुआमा छाडेर पराइसग जादैछु ठान्दै रुन्छन ।

-अमेरिकन धेरै धनी भए सुख शान्ती खोज्न गाउ वा एकान्त तिर पस्छन । हामी कहा धेरै धनी भए सुख शान्ति खोज्न शहर भिडभाड तिर जान्छन ।

-अमेरिकन जोडी जो बिबाह गरेर धेरै वर्ष सगै बसेका हुन्छन उनीहरुलाई देखेर अरु मान्छे अचम्मित हुन्छन । नेपालमा बिबाह गरेर छिट्टै अलग्गिएका जोडी प्रति अचम्मित हुन्छन ।

-अमेरिकन महिला घुुडा साप्रा देखाएर छोटो लुगा लगाउछन तर पुरुषले घुडा देखाएको त्यती राम्रो मानिदैन । नेपालमा पुरुष घुडा देखाएर छोटो कट्टु लगाउछन महिलाले घुडा देखाएको राम्रो मानिदैन ।

-अमेरिकन नचिनेको मान्छे होस वा रिस उठेका मान्छे नै किन नहोस फिसिक्क हासेर बोल्छन । हामीकहा नचिनेको वा रिस उठेकोसग उ हिडेको बाटो समेत हिड्दैनन ।

– अमेरिकन टिनएजर काटेपछी पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उस्को कुनै शार-रिक कमजोरी त छैन भनि सजग हुन थाल्छन । नेपालमा टिनेजर काटेपछी कुनै केटा साथी वा केटी साथी त छैन भनि अभिभावक नै शंकाले सजग भैरहन्छन ।

-अमेरिकाको शहरी क्षेत्रमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिई कम गतीका सवारी हुदै तिब्रगतीका सवारी पछाडी जान्छन । नेपालमा पहिले तिब्र गतीको गाडीले पास गरेपछी कम गतीको सवारी हुदै पैदल यात्रीको पालो अन्तिममा आउछ ।

– अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि वाह! कति से-क्सी होस भनेमा थ्याङ्ग.क्यू भनि मुस्कुराउछन । हामीकहा अन्जान सुन्दरीलाई कति सुन्दर रहिछौं भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन । स्राेत – सामाजिक संजाल

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*