
दुई अक्षर मिलेर बनेको शब्द “प्रेम” सुन्दा जति मीठो छ, त्यति नै घातक पनि ।
मैले बुझेको प्रेमको परिभाषा सहि छ या गलत, त्यो त मलाई थाहा छैन । तर मैले अहिलेसम्म जति बुझेँ त्यो निस्वार्थ भावनाले मुटु-मुटु जोडिएर बनेको दुई आत्माको मिलन हो भन्ने बुझेको छु ।
यसमा न कुनै स्वार्थ हुन्छ न कुनै जातिय भेदभाव । अनि धर्म, न त धनी–गरिबकै छेकबार ।
तर हाम्रो नेपाली समाजमा त अन्तरजातीय प्रेम र विवाह गर्नेहरूलाई ज्यानै समेत लिइन्छ । यो कहाँको न्याय हो ?
कहिले दाईजोको नाममा बुहरी मारिन्छन त कहिले अन्तरजातीय प्रेम-विवाहको आरोपमा प्रेमी र प्रेमिकाहरू मारिन्छन ।
“साघुरो सोच राखेर
कति निर्दयी बन्यो “

समाज पनि यति साघुरो सोच राखेर कति निर्दयी बन्यो अचम्म लाग्छ ।
समाजिक परम्परा, रीतिरिवाज, कुप्रथा हामीले नै बनाएका हौं । त्यसैले समाजलाई परिवर्तन गरेर नयाँ मोडतिर पनि हामीले नै लैजानुपर्ने हैन र ?
समाज हामीले जस्तो बनायो त्यस्तै बन्ने हो । समाजले मानिसलाई बनाएको होइन, मानिसले समाज बनाएको हो । त्यसैले समाजका कुप्रथाहरू पनि हामीले नै अन्त्य गर्नु पर्छ ।
२१ औं शताब्दीमा पनि किन मान्छेहरू अझै पनि कुप्रथाको पछाडि लागिरहेकाछन् ?
“समाजले मानिसलाई बनाएको होइन,
मानिसले समाज बनाएको हो “
हामी सबैलाई थाहा छ काटे रगत सबैको रातै आउँछ । तर पनि किन जातीय भेदभाब गर्छौं । जातभात नभनेर निस्वार्थ प्रेम गर्नेहरूलाई हामी किन खुलेआम प्रेम गर्न दिदैनौ ।
किन समाज बाधक बनिदिन्छ ? साचो माया गर्ने जोडिहरू समाजका कुप्रथाले गर्दा जति मरेकाछन् वा मारिएकाछन् तिनीहरूलाई के भनेर बुझ्ने ?

प्रेममा बलिदान दिएको बुझ्ने कि ? जातिया भेदभाबका कारण प्रेममा असफल भएको बुझ्ने ?
प्रेम त ईश्वरको बरदान भनिन्छ नि, होइन र ?
हामी सबैले बुझेकै कुरा हो । तर केही समाजका कुप्रथाले केही व्यक्तिका लागि प्रेम श्राप बनिदिन्छ । आफ्नो ज्यानै गुमाउन परेकोछ । त्यसैले हामी सबै मिलेर कुप्रथाको अन्त्य गरौँ ।
साघुरो सोच नराखौ । प्रेम गर्नेहरुरूलाई खुलेआम प्रेम गर्न दिउँ । समाजको रीतिरिवाजलाई लिएर तिनीहरूको बाधक नबनौ ।
“परिवर्तन गर्न खोजे सबैकुरा सम्भब छ”

परिवर्तन गर्न खोजे सबैकुरा सम्भब छ । परिबर्तन नै गर्न नखोजे सबै कुरा असम्भव छ ।
तर हामी यति बुझौं कि परिवर्तन हुन्छ । कुप्रथातिर ढल्किएको हाम्रो समाजलाई सही मार्गमा डोहो¥याउनु तपाइ-हामी सबैको जिम्मेवारी र कर्तव्य होइन र ?
लेखक एलिना केसी सञ्चारकर्मी हुन् ।
Leave a Reply