११ चैत्र, काठमाडौँ । फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप खातादेखि बैंक खातासम्ममा पहुज पुराएर ठगी गर्नेहरूको गिरोह तिब्र रुपमा सकृय भएकोछ ।
वाइवाइ चाउचाउको जस्तै देखिने लोगो तथा फन्ट (अक्षेर ) प्रयोग गरि स्क्याम भइरहेकोछ । सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘वाइवाइ उपहार’बारे कम्पनीको आधिकारिक उत्पादक तथा बिक्रता सिजी ग्रुपमा सम्पर्क गर्दा सामाजिक सञ्जालमा आएको भ्रमबारे सुन्नमा आएको तर हाल यस किसिमको उपहार योजना सार्वजानिक नगरिएको कम्पनीले जनाएकोछ ।
इनबक्स मार्फत उपहारको लोभमा उक्त लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ताको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप खातादेखि बैंक खाता नै ह्याक हुने उच्च जोखिम देखिएको छ ।
भाइरल भइरहेको उक्त लिङ्क खोल्दा सबैभन्दा पहिले वाइवाइको जस्तै देखिने नक्कली वेबसाइट खुल्छ । त्यहाँ प्रयोगकर्तालाई विश्वास दिलाउन नेपाली नाम र फोटोसहितका नक्कली कमेन्ट राखिएका छन् ।
वेबसाइटमा केही प्रश्नको उत्तर दिन लगाइन्छ र त्यसपछि ‘गिफ्ट बक्स’ छान्न लगाइन्छ । यी सबै प्रकृया एल्गोरिदमको माध्यमले गराएइको र यहि चरणहरू पारगर्दासम्म स्क्यामरले प्रयोगकर्ताको खाता ह्याक गर्नसक्ने उच्च जोखिम रहने विज्ञहरू बताउछन । ह्याकर विज्ञका अनुसार यस किसिमको कुनैपनि उपहारमा नझुक्किनु र नलोभिन आग्रह छ ।
यो घटना सामाजिक सञ्जालमा व्यापक भएपनि प्रहरीसम्म अझै कुनै उजुरी नपुगेको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक दिपकराज अवस्थिले बताउनु भयो । कसैले उजुरी गरेमा यसबारे विस्तृत अनुसन्धानगरि उक्त गिरोहलाई खोजी कारबाही गर्ने प्रवक्ता अवस्थिले बताउनु भयो ।
Leave a Reply