
माघ २, काठमाण्डौँ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको जाहेरीको पक्षबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो ।
हातपात गर्ने रास्वपाको कार्याकर्ता भनिएपनि हालसम्म एकिन भएको छैन । यस घटनाबारे रास्वपाको ध्यानाकर्षण भएको भन्दै पार्टी कार्यालयले एक विज्ञाप्ति नै जारि गरेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्। बरिष्ठ अधिवक्ता त्रिपाठी कुटपिट भएको विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र घटनामा दलको कुनै पनि सदस्य संलग्न भेटिए कारबाही हुने उनको भनाइ छ।
Leave a Reply