पद्मसंभव अर्थात् गुरु रिम्पोचे

सिद्धार्थ गाैतमका अवतार मानिन्छन् , पद्मसंभव अर्थात् गुरु रिम्पोचे।
सन् ७४७ मा उनले चीनमा अनुहारमा कोठी भएको युवकले नयाँ शासन सुरु गर्नेछ भन्ने भविष्यवाणी गरेका थिए।


सन् १९४९ मा कम्युनिस्ट नेता माअो सत्तामा पुगे , उनको मुहारमा क‍ोठी थियो ।
हाल भारत/पाकिस्तान भएपनि ऊबेला अनेकौं राज्य थिए। तीमध्ये उडियान एउटा थियो ।


कमलको फूलबाट एउटा सात बर्षको बालक पैदा भएपछि राजाले उनलाई पुत्र बनाएर उत्तराधिकारी बनाउन चाहेपनि ती बालकले म एउटा देशको मात्रै होइन , जगतमा ज्ञानको आलोक छर्न पैदा भएको हुँ भन्दै विश्वभ्रमणमा हिँडे। नेपाल आएर फर्पिङ, रसुवा र हलेसी ( खोटाङ ) मा ध्यान गरे।
तिब्बतमा ५४ बर्ष बसे।


३६० भाषा र ६४ वटा लिपि जानेका पद्मसंभवले एकदिन आकाशमा मानव निर्मित चरा उड्नेछ भनेका थिए। विमान आविष्कार हुन्छ भन्ने उनलाई पहिले नै ज्ञान थियोे ।


खोकम् देश ( हालको भक्तपुर ,जसलाई नेवारी भाषामा ख्वपदेश भनियो ) र त्यस वरपर रातो झण्डा बोक्ने मानिसहरुले राजा हटाउने छन् भनेका थिए , गुरु पद्मसंभवले। उनका विचार , अनुभव र वाणी समेटिएका दुई हजारभन्दा धेरै पृष्ठ भएका दुई खण्ड पुस्तक अमेरिकी पुस्तकालय ” लाइब्रेरी अफ कंग्रेस ” मा सुरक्षित रहेको छ । स्रोत सामाजिक सञ्जाल ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*