सन्दिप लामिछानेलाई ८ बर्ष कैद ७ लाख जरिवाना

पुष २५, काठमाण्डौँ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय सुनाएको हो ।

पिडीतलाई परेको मानसिक असरको जरिवाना ३ लाख थप २ लाख क्षतिपुर्ती वापत पिडीतलाई भराउने ठहर भएको छ ।
लामिछानेलाई गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

क्रिकेटर लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै कानुनी उपचारको लागि उच्चा अदालत जाने भएको सन्दिपको कानुनी सल्लाहकार अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनु भयो ।

About Everest News 791 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*